संयुक्त सुकुमबासी राष्ट्रिय मोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको छ।
सुकुमबासीहरूलाई साथ लिएर मोर्चाका प्रतिनिधिहरूले रास्वपाको केन्द्रीय कार्यालयमा आफ्नो माग पत्र बुझाएका फर्किएका हुन्।
मोर्चाका कार्यवाहक महासचिव दीपक कुँवरले रास्वपाले सुकुमवासीको बसोबासको अधिकार, मानव अधिकार उल्लङ्घन हुने गरी कुनै पनि काम नगर्ने जवाफ दिएको बताए।
उनले भने, ‘उहाँहरूले सकारात्मक सन्देश तपाईँहरूलाई बेलुकासम्म हामी दिन्छौँ भन्नुभएको छ। हामी आशावादी छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेताले नेतृत्व गरिराख्नुभएको सरकारको प्रमुखले हाम्रो पक्षमा सकारात्मक सन्देश आउने छ।’
उनले सुकुमबासीहरुलाई अहिले घर फर्किन आग्रह गरे।
उनले थपे, ‘हामी आशावादी हुँदै साथीहरू सबैलाई आफ्नो घर तर्फ फर्किनका लागि आग्रह गर्छु। तर म आफैँ घर फर्किँदै गर्दाखेरि सबै सचेततापूर्वक, सचेततापूर्वक एकबद्ध हुनुपर्छ। सिटीको भरमा आफ्नो सबै चिज छोडेर निस्कनका आग्रह गर्छु।’नेपालप्रेस















