images
images

भ्रष्टाचार प्रकरणमा मुछिएका मन्त्री राजकुमार गुप्ता प्रधानमन्त्री निवास बालुवाटारमा

images

काठमाडौँ, ३० असार : ७८ लाख रुपैयाँ भ्रष्टाचार प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।

घुस प्रकरणमा मुछिएपछि चर्चामा रहेका मन्त्री गुप्तालाई प्रधानमन्त्री केपी शर्मा ओली झापाबाट फर्के लगत्तै बालुवाटारमा बोलाइएको हो। प्रधानमन्त्री ओली २ दिने झापा भ्रमणबाट आइतबार राति काठमाडौँ फर्केका हुन् ।

मन्त्री गुप्ताको ६ महिनाअघिको घुस प्रकरणको अडियो अहिले सार्वजनिक भएको छ। पुसमा नै यो प्रकरण भए पनि केही दिनअघि मात्र अडियो बाहिर आएको हो। घुस प्रकरणको यो विषयले संघीय संसदमा समेत प्रवेश पाइसकेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री गुप्ताको घुस प्रकरणमा एक्सन लिने तयारी गरेका छन्। मन्त्री गुप्ताले पनि पार्टीको निर्देशन आए छानबिनका लागि मार्गप्रशस्त गर्ने बताएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कुराकानीको अडियो, घुसबापत दिइएको नोटमा उल्लेख गरिएको नम्बरसहितको डायरी बुझाइएको छ। आयोगमा उजुरी परेपछि मात्रै अडियो सार्वजनिक गरिएको हो।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS