images
images

एसइइ नतिजामा सामुदायिक विद्यालयमा रामशाह मा.वि. उत्कृष्ट

images

तनहुँ /शुक्रबार प्रकाशित भएको २०८१ सालको एसइइ नतिजामा आँवुखैरेनी गाउँपालिका अवस्थित रामशाह मा.वि. तनहुँ जिल्लामा प्रथम भएको छ । यस विद्यालयबाट १३४ जना विद्यार्थीहरुले परीक्षा थिएका थिए ।

जसमा २ जनाले ४ जिपिएर ल्याएका छन् ।
३.६ देखि ३.९९ ल्याउने १७ जना, ३.२० देखि ३.६० ल्याउने ३५ जना, २.८० देखि ३.२० ल्याउने ५५ जना, २.४० देखि २.८० ल्याउने ११ जना रहेका विद्यालयका सूचना अधिकारी विकल पन्तले जानकारी दिए । ४ जिपिए ल्याउने विद्यार्थीहरु सजिना थापा र किस्मत पोखरेल रहेका छन् ।

तनहुँ जिल्लामा ४ जनाले ४ जिपिए ल्याएकामा पवित्रा मा।वि।बाट एक जना र शान्ति वर्ष वोर्डिङबाट एक जना रहेका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS