images
images

सत्तापक्षको जवाफ कुर्दै माओवादी, प्रचण्ड फर्केपछि विपक्षी दलहरूको बैठक बस्ने

images

काठमाडौँ । संसद्को अवरोध हटाउनका लागि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सत्ता पक्षको जवाफ कुरिरहेको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत जोडिएकाले राजीनामा दिनुपर्ने अडानबाट लचिलो बनेको माओवादीले मंगलबार उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने प्रस्ताव पठाएको थियो । तर अहिलेसम्म कुनै जवाफ नआएकाले आजको बैठकसमेत अवरोध हुनसक्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

‘हाम्रो बुँदागत रूपमा त्यस्तो प्रस्ताव केही राखेको छैन । मुख्य कुरा भिजिट भिसा प्रकरणमा अहिलेसम्म भएका गतिविधिबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा कायमै छौँ । तर सत्तापक्षले अहिलेसम्म जवाफ फर्काएको छैन । अध्यक्ष प्रचण्ड मुस्ताङबाट फर्किएपछि कसरी अगाडि बढ्ने भन्नेबारे आजै विपक्षी दलहरूसँग छलफल हुन्छ’, रातोपाटीसँग पाण्डेले भने ।

प्रमुख प्रतिपक्ष दल माओवादीसहित विपक्षी दलहरूले २०६४ सालदेखि भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरी समिति गठन गर्नुपर्ने माग राख्दै जेठ १३ गतेदेखि लगातार संसद् अवरोध गर्दैआएका छन् ।

संसदमा चौथो ठुलो दल रास्वपाले छुट्टै पाँच बुँदे प्रस्ताव सरकार समक्ष पेस गरेको छ । यद्यपि रास्वपाले प्रस्ताव गरेको बुँदामा कुनै छलफल नहुने एमालेका सचिव योगेश भट्टराईले बताएका छन् ।-रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS