images
images

महानगरपालिकाकै पिउने पानीमा भेटियो कोलिफर्म, २ लाख जरिवाना,ठेक्का रद्द

images

काठमाडौं महानगरपालिकालाई पिउने पानी आपूर्ति गरिरहेको सीएन इन्टरप्राइजेजको पानीमा कोलिफर्म भेटिएपछि महानगरले कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना गर्दै ठेक्का रद्द गरेको छ।

महानगरको कृषि तथा पशुपन्छी विभागले सीएन इन्टरप्राइजेजले आपूर्ति गरेको पानीको परीक्षण गर्दा पिउन अयोग्य भएको पुष्टि भएको हो। परीक्षणमा कोलिफर्म पोजिटिभ देखिएपछि कम्पनीमाथि कारबाही गरिएको महानगरले जनाएको छ। सीएन इन्टरप्राइजेजसँग २०८१ साल वैशाख २ गते सम्झौता भएको थियो। सम्झौता यता सोही कम्पनीले काठमाडौं महानगरलाई पिउने पानी आपूर्ति गरिरहेको थियो।

परीक्षणमा पानी मापदण्ड विपरीत देखिएपछि महानगरले ठेक्का खारेज गर्दै जरिवाना समेत गरेको हो।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS