images
images

आँबुखैरेनी क्याम्पसमा लागु औषध तथा दुर्व्यसन न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

images

आँबुखैरेनी, जेठ २२ – लागु औषधको ओसारपसार तथा दुर्व्यसन नियन्त्रण सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले तनहुँको आँबुखैरेनीमा एक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीको कमाण्डमा खटिएको टोलीले आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबुखैरेनी क्याम्पसमा सो कार्यक्रम सम्पन्न गरेको हो।

क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा स्वतन्त्र विद्यार्थी यूनियनको सक्रिय समन्वयमा आयोजित उक्त कार्यक्रममा उल्लेखनीय विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई लागु औषधको ओसारपसार, सेवनका दुष्परिणाम, कानुनी प्रावधान तथा समाजमा पर्ने असरबारे विस्तृत जानकारी दिइएको थियो।

कार्यक्रमले युवाहरूलाई लागु औषध सम्बन्धी सचेतना फैलाउन र दुर्व्यसनबाट जोगिन प्रेरणा दिने उद्देश्य राखेको थियो। प्रहरी निरीक्षक सुवेदीले यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

स्थानीय समुदाय तथा विद्यार्थीहरूले कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि यस्ता जनचेतनामूलक कार्यक्रम निरन्तर आयोजना गरिनुपर्ने आवश्यकता औँल्याएका छन्।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS