तनहुँ, दमौली — नेपाल टेलिकमले व्यास नगरपालिका वडा नं. १० र ११ मा एनटी फाइबर सेवा विस्तार गरेको छ। सेवा विस्तारसँगै उक्त क्षेत्रका करिब १ हजार ग्राहकले गुणस्तरीय इन्टरनेट, टेलिफोन तथा टेलिभिजन सेवा प्रयोग गर्न पाउने भएका छन्।
नेपाल टेलिकम दमौली शाखाका प्रमुख प्रविन नेपालीका अनुसार व्यासको ग्रामीण क्षेत्रमा समेत आधुनिक प्रविधिमार्फत द्रुत गतिको फाइबर सेवा पु¥याउने लक्ष्य रहेको छ। उनका अनुसार अबको केही समयमै व्यास नगरपालिकाका अन्य वडामा पनि चरणबद्ध रूपमा सेवा विस्तार गरिने तयारी भइरहेको छ।
सेवा शुभारम्भ कार्यक्रममा वडा नं. १० का अध्यक्ष खेमराज पोखरेल र वडा नं. ११ का अध्यक्ष दल बहादुर दुराले संयुक्त रूपमा उद्घाटन गरेका थिए। कार्यक्रमका क्रममा उपस्थिति जनसमुदायलाई इन्टरनेट सेवाको सही उपयोग तथा गुणस्तर मापनबारे जनचेतना पनि दिइएको थियो। यस सेवा विस्तारसँगै व्यास नगरपालिकाका दुर्गम बस्तीमा समेत डिजिटल पहुँच पुग्ने विश्वास लिइएको नोपली टेलिकम दमौली शाखा प्रमुख नेपालीले बताए ।
















