images
images

व्यास नगरपालिकामा महिला सशक्तीकरणसम्बन्धी कार्यक्रम तर्जुमा गर्न परामर्श बैठक सम्पन्न

images

दमौली, । व्यास नगरपालिकाको आयोजनामा आज आर्थिक वर्ष २०८२/०८३ का लागि महिला सशक्तीकरण सम्बन्धी कार्यक्रम तर्जुमा गर्न परामर्श बैठक सम्पन्न भएको छ।

बैठकमा नगर प्रमुख वैकुण्ठ न्यौपाने,उपप्रमुख ईन्दिरा दरै सहित महिला जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका महिला नेतृहरू, सामाजिक र शैक्षिक क्षेत्रमा सक्रिय महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी महिलाहरूले महिला सशक्तीकरणका लागि प्रभावकारी तथा व्यवहारिक कार्यक्रमहरूबारे महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए। सुझावहरूमा रोजगारी, सीपमूलक तालिम, लैङ्गिक समानता, शिक्षामा पहुँच, हिंसाविरुद्ध सशक्तिकरण लगायतका विषयहरू प्राथमिकताका साथ उठान गरिएको थियो।

व्यास नगरपालिकाले प्राप्त सुझावहरूलाई आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा समावेश गरी कार्यान्वयन गरिने जानकारी दिएको छ। नगरपालिकाका अनुसार, यस प्रकारका परामर्शले नीति निर्माणमा सहभागितामूलक अभ्यासलाई प्रवर्द्धन गर्ने र महिलामैत्री कार्यक्रम निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS