images
images

सांसदको प्रश्न– यातायात व्यवसायीसँग तत्कालीन सहमति भएको हो कि दीर्घकालीन ?

images

काठमाडौँ । सांसद माधव सापकोटाले सार्वजनिक यातायात व्यवसायीसँग रातको समयमा भएको छलफल र सहमतिबारे प्रश्न उठाएका छन् । उनले मंगलबार प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिमा भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमक्ष प्रश्न उठाएका हुन् ।

‘यातायात व्यवसायीसँग रातको समयमा के छलफल भयो  खास सम्झौता भएको के हो ?,’ उनले भौतिक मन्त्रीलाई प्रश्न गरे,’तत्कालको समस्या समाधानका लागि सहमति भएको हो कि दीर्घकालीन सोचेर सहमति भयो ?’

रातको समयमा छलफल टुङ्गिएकोभन्दै फेरि सहमति भएकोबारे प्रश्न गरेका छन् ।

‘एउटा व्यवसायीले छलफल सकियो भने’,उनले भने, ‘त्यहिबेला अर्को व्यवसायीलाई सोध्दा छलफल चलिरहेको भने । यो कस्तो खालको छलफल हो रु मन्त्री ज्यु यसको जवाफ चाहियो ।’-रातोपाटी

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS