images
images

‘न्यायपालिकामाथि विश्वासको वातावरण नभएको गुनासो आउन थाल्यो’

images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले न्यायपालिकामाथि विश्वासको वातावरण नभएको गुनासो जनताले गरिरहेका बताएकी छन् ।

प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद गौतमले न्यायपालिकामाथि विश्वासको वातावरण नभएको गुनासो आउनु गम्भीर विषय भएको बताइन् ।

उनले कानुनको प्रक्रिया अदालतले मिच्न थालेको विषय संवेदनशील भएको बताइन् । ‘कानुनको प्रक्रिया अदालतले मिच्न थालेको विषय निकै संवेदनशील छ । यो संविधानको मूल आत्मामाथि पुर्‍याएको चोट हो,’ सांसद गौतमले भनिन्, ‘विधिको शासन सबैले मान्नु पर्ने हुन्छ । न्याय प्रक्रियाको सही पालना बिना निष्पक्ष न्याय असम्भव छ ।’

गौतमले अदालतमा अनौठो र गैरसंवैधानिक परिदृष्य देखिन थालेको बताइन् । अदालतले कैदीलाई जानकारी नै नदिइ पेसी तोक्नुले जटिल प्रश्न उब्जिएको उनको भनाइ छ ।

सूचना दिएर मात्रै पेसी राख्ने प्रक्रिया अदालतले मिच्न थालेको उनले बताइन् ।-रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS