images
images
images

निर्माण व्यवसायी विदुर शर्माविरुद्धको बलात्कारको जाहेरी तामेलीमा

images

काठमाडौँ । किशोरीलाई बलात्कार आरोप लागेका निर्माण व्यवसायी विदुर शर्माविरुद्धको जाहेरी तामेलीमा राख्ने निर्णय गरिएको छ । प्रहरीको राय अनुसार जिल्ला सरकारी वकिल कार्यालयले उनीबिरुद्धको जाहेरी तामेलीमा राखेको हो ।

दोलखा घर भएका शर्मा निर्माण व्यवसायी हुन् । उनी नेकपा (एमाले) दोलखाको जिल्ला समितिको सहसचिव पदमा प्रतिस्पर्धा गरेका थिए । २०८१ वैशाखमा १९ वर्षीय किशोरीले उनीबिरुद्ध आफूलाई काठमाडौँको ठमेल स्थित एक होटलमा लगेर बलात्कार गरेको भन्दै जाहेरी दिएकी थिइन् ।

पीडितले प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दिएपछि ४५ वर्षीय शर्मा लामो समय फरार भए । शक्ति केन्द्रमार्फत दबाब दिएर उनले आफू विरुद्धको जाहेरी तामेलीमा राख्ने निर्णय गराएका हुन् ।

पीडित किशोरीलाई पनि उनले बयान फेन बाध्य बनाएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्, ‘पीडित महिलालाई हुलाकबाट आफूले आवेशमा जाहेरी दर्ता गराएको भनेर पत्र पठाउन लगाएर उनले जाहेरी तामेलीमा राख्ने वातावरण बनाए ।’

३ हप्ता अगाडी सरकारी वकिल कार्यालयले पछि थप प्रमाण आएमात्र अनुसन्धान हुनेगरी जाहेरी तामेलीमा राख्ने निर्णय गरेको हो । २०८१ वैशाख १९ मा जागिर लगाइदिने प्रलोभन देखाएर आफूलाई होटलमा लगेर बलात्कार गरेको किशोरीले जाहेरीमा उल्लेख गरेकी छन् ।रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS