images
images

गभर्नर विवादसम्बन्धी रिट न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा

images

काठमाडौँ । गभर्नर विवादसम्बन्धी रिट र रिटमाथि परेको पूरक निवेदन न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।

६५ वर्षभन्दा बढी उमेरका व्यक्तिलाई पनि गभर्नर नियुक्त गर्न मिल्नेगरी संशोधित अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकाय पदाधिकारी तथा सदस्यको नियुक्ति मापदण्डविरुद्धको रिट र उक्त रिटमाथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न मागसहितको सर्वोच्चमा पूरक निवेदन परेको थियो।

आइतबारयता निरन्तर तीन दिन गभर्नर विवादसम्बन्धी रिट र निवेदनको पेसी तोकिने तर हेर्न नभ्याइनेमा परेको थियो । आज इजलासको एघारौँ नम्बरमा उक्त रिट र निवेदनमाथि पेसी तोकिएको छ ।रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS