तनहुँ । साजबोटेमा बुधबारबाट खाद्यान्न मिल संचालनमा आएको छ । स्थानीमाई खाद्यान्न मील, तथा तनहुँ कृषि स्टोरको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष सुक्र चुमानले एक कार्यक्रमका बीच उद्घाटन गर्नु भएकने हो । उहाँले उक्त अवशरमा कृषि पेशालाई मर्यादित पेशा बनाउनका लागि वास्तविक किसानलाई उत्पादनमा आधारित अनुदान र सम्मान दिनु पर्नेमा जोड दिनु पर्ने बताउनुभयो । उहाँले छिमेकी पालिकाहरुले साझेदारीमा धेरै कुरामा नागरिकलाई सेवा दिन सकिने समेत उल्लेख गर्नुभयो ।
कार्यक्रममा भानु १ कि वडा अध्यक्ष कान्छीमाया तामाङ , बन्दिपुर १ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठ , तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु घनश्याम श्रेष्ठ देवान, मानकाजी श्रेष्ठ लगाएतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
सोहि अवशरमा खाद्यान्न मिलका संचालक भानुभक्त पोख्रेलले ८ जनाको साझेदारीमा २५ लाखको लागतमा अत्याधुनिक प्रविधियुक्त मील भएकाले सेवाग्राहीलाई सहज हुने भन्दै आगामी चैत्र १५ गते सुक्रबार सम्म निशुल्क सेवा लिन सकिने उल्लेख गर्नु भयो । साथै उहाँले खाद्यान्न सँगै कृषि स्टोर पनि रहेकाले कृषि संग सम्बन्धित सामग्री पनि विक्री वितरण गरिने भन्दै कोशेली घरको रुपमा विकास गरिने बताउनु भएको छ ।
















