काठमाडौं- त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान(आईओएम)को सहायक डिनमा सहप्राध्यापक डा सन्तकुमार दास नियुक्त भएका छन् । बिहीबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले शुक्रबारदेखि लागु हुनेगरी डा दासलाई सहायक डिनमा नियुक्त गर्ने निर्णय गरेको हो ।
छाती रोग विशेषज्ञ डा दास त्रिवि शिक्षण अस्पतालको सहायक निर्देशक भइसकेका छन्। कार्यकारी परिषद् समक्ष डा दाससँगै डा खेमबहादुर कार्की र डा पलेस्वाँ जोशी लाखे सिफारिस भएका थिए। स्वास्थ्यखबर















