images
images
images

तनहुँमा गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा

images

पोखरा
तनहुँको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पूर्वसांसदका छोरालाई कुटपिट गरेका छन्। श्रेष्ठले भीमाद नगरपालिका–६ मालेबगर पुरानो स्कुलस्थित आफ्नै घरमा ५७ वर्षीया प्रभात आलेलाई कुटपिट गरेका छन्।

कुटाइ खाएका आले २०१५ सालमा निर्वाचित सांसद स्वर्गीय पदमबहादुर आलेका छोरा हुन्। कुट्ने गाउँपालिका अध्यक्ष श्रेष्ठ नेपाली कांग्रेस तनहुँका उपसभापतिसमेत हुन्।

यो घटना फागुन ७ गते रातिको हो। प्रहरीले जाहेरी लिन नमानेपछि बल्ल घटनाबारे सार्वजनिक भएको छ। जग्गाको विषयमा भएको विवादले गाउँपालिका अध्यक्षले आफूमाथि कुटपिट गरेको आलेले बताए। आलेका अनुसार भाइ विलासको जग्गा राजेन्द्रकृष्णले किनेर प्लटिङ गरेर बिक्री गरेका थिए। ७ वर्ष पहिले किनबेच भएको जग्गाको बाटो छोड्ने सहमति थियो। सहमति कार्यन्वयन नभएपछि विवाद सुरु भयो।

विवाद टुंग्याउन खोज्दा आफूमाथि चोट लाग्ने गरेर कुटेको उनका आरोप छ। ‘मैले उहाँलाई फोनमार्फत लौ यो विषय टुंग्याम भन्दाखेरिमा उहाँले घर आइज न त भनेर भनेपछि मेरो उहाँसँग एक मिनेटमात्रै कुरा भाछ। तुरुन्त घर गएँ’, प्रभातले भने, ‘उहाँको श्रीमतिले ढोका खोल्नुभो। झड्याम झड्याम देब्रेपट्टि फिलामा पिभिसी पाइप।।। यो नियोजित पहिल्यै तयारी गरेर पिभिसीको ठूलो पाइपले हाने। मैंले दुई तीन चोटी छेकें। उहाँले दुई हातले हानेर कानको जालीमा हानेर कान पनि सुन्दिनँ।’

प्रभातले मंगलबार तनहुँको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा परीक्षण गराएको बताए। जिपी अस्पातलले थप परीक्षणका पोखरा गएर गर्नुपर्ने बताएको उनको दाबी छ।

आफूमाथि हातपात गरेपछि प्रतिकार गरेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए। फागुन ७ गते बेलुका ८ बजेर ५५ मिनेटको समय आसपासमा प्रभात आफैंले फोन गरेको श्रेष्ठ बताउँछन्। आफूले भोलि कुरा गरौंला सम्मानसाथ भनेको सुनाए।

‘घरमै आएर तिमीलाई ठीक गर्छु। तिमीसँग मेरा वार कि पार हुन्छ भन्यो। त्यस भए आउ न त किन भनेर भनियो’, उनले भने। प्रभात आएपछि श्रीमति सुशीलाले ढोका खोल्दिएको श्रेष्ठले बताए।

‘ढोका खोल्दिएपछि मलाई झ्याप्पै टाउकोमा हान्यो। मैले हाँसेरै प्रभात जि तपाईंले हानीहाल्नुभो। त्यस्तो केही छैन मैले दिमागमा बसाउँदिन भनेर भनें। त्यतिभन्दा पनि ऊ गेटैबाट भित्र छिरेर श्रीमतीलाईसमेत यताउता गर्न खोज्यो’, उनी भन्छन्, ‘त्यहाँबाट म बाहिर निस्केर त्यतिखेर आफ्नो रक्षा त गर्नपर्‍यो। पछि फेरि मलाई गालामा हानेपछि असह्य भएपछि मैले पाइपले हान्देको हो।’

‘कुटपिट भएपछि किन घटनाबारे कतै जानकारी गराउनुभएनरु’ देशसञ्चारले अध्यक्ष श्रेष्ठलाई सोध्यो। आफूमाथि कुटपिट भएपछि सबैतिर सम्बन्धित ठाउँमा जानकारी गराएको बताए। ‘मेरो नैतिकताले नभएर जानकारी नगराएको हो’, उनले भने।

कुटाइ खाएका प्रभात बुधबार जाहेरीका लागि इलाका प्रहरी कार्यालय बेलचौतारामा आएका छन्। दिनभर प्रहरीले जाहेरी नलिएको उनले बताए। मुद्दा फाँटले उपचार गराएर आउन आग्रह गर्दै जोहरी नलिएको उनको भनाइ छ।

इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक पोषण थापाले ठाडो निवेदन परेको बताए। जाहेरीका सम्बन्धनमा अनुसन्धान गरेर लिने बताए। प्रहरीसँग भन्दा पनि अदालतबाट सिधैं मुद्दा दर्ता गराउन सकिने थापाले बताए।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी विरेन्द्रबहादुर शाहीले कुटपिटको घटनामा जसले पनि जाहेरी दिनेबित्तकै नलिइने उनको प्रतिक्रिया छ। ‘कुटपिटको विषयमा घाउ जाँच हुन्छ। घटनाको विषय लिएर बुझ्ने हो। घाउ जाँच गरेर प्रहरीले बुझ्ने काम गरिरहेको छ’, एसपी शाहीले भने। त्यसपछि प्रक्रिया सुरु हुने उनले बताए।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS