images
images

सचिव कुट्ने वडाध्यक्षलाई थप १० दिन हिरासतमा राख्न जिल्ला प्रशासनको अनुमति

images

तनहुँ
वडा सचिवमाथि कुटपिट गर्ने तनहुँको बन्दीपुर गाउँपालिका -६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई थप १० दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय तनहुँले अनुमति दिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले वडा सचिव नवीन भुसाललाई कुटपिट गर्ने वडाध्यक्ष गुरुङलाई सोमबार पक्राउ गरेको थियो। हिजो पक्राउ परेका गुरुङलाई १० दिन हिरासतमा राख्न अनुमति दिएको तनहुँ प्रहरीका सूचना अधिकारी राजु अधिकारीले जानकारी दिए ।

भलिबल प्रतियोगिताको बिल भुक्तानी गर्ने सम्बन्धमा विवाद हुँदा वडाध्यक्ष गुरुङले सोमबार बिहान कार्यालय समयमा वडा सचिव भुसाललाई कुटपिट गरेका थिए । एमालेबाट टिक पाएर गुरुङ्ग वडा अध्यक्षमा विजयी भएका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS