काठमाडौँ । पोखरामा बेलुन विस्फोटपछिको आगलागीमा परेर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यलाई भेट्न राष्ट्रपति रामचन्द्र पौडेल कीर्तिपुर जाने भएका छन् ।
राष्ट्रपतिको सचिवालयले दिएको जानकारी अनुसार उनी बिहान १० बजेपछि कीर्तिपुर स्थित बर्न अस्पताल जान लागेका हुन् ।
पौडेल र आचार्यको बर्न अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकहरूले उनीहरूको अवस्था खतरामुक्त रहे पनि निगरानीमै उपचार गर्न आवश्यक रहेको बताएका छन् । रातोपाटी
















