images
images

नेसपा (नयाँ शक्ति)मा को–को भए निर्विरोध निर्वाचित ?

images

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्तिका विभिन्न पदमा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले मंगलबार दिएको जानकारी अनुसार पदाधिकारी, प्रदेश र केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

उपाध्यक्ष  (महिला) मानुषी यमि भट्टराई र दलिततर्फ उपाध्यक्षमा दुर्गा सोब निर्वाचित भएकी छिन् । केन्द्रीय सदस्यतर्फ कोशी प्रदेश (खुल्ला) मणि राई, महिला केन्द्रीय सदस्यमा तारा बास्तोला दवाडी निर्वाचित भएका छन् ।

मधेस प्रदेशमा(महिला) बिबि समिना खातुन, बागमती प्रदेश केन्द्रीय सदस्य (महिला) वसुन्धरा सापकोटा, गण्डकी प्रदेश केन्द्रीय सदस्य (खुल्ला) चित्र सापकोटा निर्वाचित भएका छन् ।

यसैगरी गण्डकी प्रदेश केन्द्रीय सदस्य  (महिला) नारायणी अधिकारी, लुम्बिनी प्रदेश  केन्द्रीय सदस्य (खुल्ला) कमल खनाल, लुम्बिनी प्रदेश  केन्द्रीय सदस्य (महिला) सुनिता काफ्ले, कर्णाली प्रदेश केन्द्रीय सदस्य (खुल्ला) लक्ष्मी प्रसाद भट्टराई र सोही प्रदेशबाट केन्द्रीय सदस्य(महिला) मिराकुमारी मल्ला निर्वाचित भएकी छिन् ।

यस्तै सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (खुल्ला) रतनबहादुर टमटा, सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (महिला) सत्यदेवी चापागाईँ, भारत प्रवास प्रदेश केन्द्रीय सदस्य (खुल्ला)  लोकेन्द्रबहादुर सुनार निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी केन्द्रीय सदस्य खुला युवा महिला निशा श्रेष्ठ,आदिवासी जनजाति युवा महिला मन्जु माया तामाङ, मधेसी महिला अमृता कुमारी देवी, दलित केन्द्रीय सदस्य युवा हिकमत विक र थारु महिला केन्द्रीय सदस्यमा गीता थनेत निर्वाचित भएका छन् ।रातोपाटी

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS