images
images

महिलाहरूको पाठेघरको मुखको क्यान्सर सम्बन्धि शिविर सम्पन्न

images

तनहुँ
जिपी कोइरला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा महिलाहरूको पाठेघरको मुखको क्यान्सर सम्बन्धि नि ःशुल्क स्वास्थ्य शिवि सम्पन्न भएको छ । शिविरमा २सय ८ जना महिलाको परीक्षण गरिएको छ। शिविरमा गाइनोकोलोजिस्ट डा. दिनेश शर्माको नेर्ततवमा २८ जना कर्मचारीहरुले सहयोग गरेका थिए । डा. दिनेश शर्माका अनुसार चेकजाँच गरिएका मध्ये ८ जना महिलामा पाठेघर क्यान्सरको प्राथमिक जोखिम देखिएकाले उनीहरुलाई थप उपचारका लागि सिफारिस गरिएको छ ।


स्वास्थ्य शिविरको उद्घाटन अस्पतालका संचालक समितिका सदस्य राम कुमार भण्डारीले गरेका थिए । स्वास्थ्य कर कोषको स्वीकृत कार्यक्रम अन्तर्गत आयोजित उक्त शिविरमा अस्पतालका संचालक समिति संचालक समितिका सदस्यहरू राम कुमार भण्डारी, पान बहादुर घर्ति, पदम प्रसाद दवाडी तथा अस्पतालका कार्यकारी निर्देशक डा. राम कुमार श्रेष्ठ र लेखा प्रमुख वाशुराज दाहाल लगायतको सहभागिता रहेको थियो ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS