images
images

पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान

images

पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ मा नेपाली काँग्रेसको एक सय दिने विशेष अभियान जारी रहेको छ ।
अभियान अन्तर्गत पोखरा ३३ को तल्लो पुडीमा आइतबार कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले भ्रम र यथार्थलाई बुझनुपर्नेमा जोड दिनुभयो ।

सो वडाका लागि अभियान संयोजक समेत रहनु भएका सहसचिव सिग्देलले विवकेशील नेता र सचेत कार्यकर्ता भएको पार्टीले जनभावनालाई सम्बोधन गर्न सक्ने बताए ।

नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीका सभापति केशर प्रसाद निर्दोषीले सबै परिवर्तनको नेतृत्व गरेको काँग्रेसले जनताको आवश्यकतालाई पनि पूरा गर्न सक्ने बताए।

त्यस अवसरमा नेपाली काँग्रेस कास्कीका आमन्त्रित सदस्य भोजराज आचार्य, प्रदेश प्रतिनिधि रामचन्द्र पौडेल, पोखरा ३३ वडा कार्यसमिति सभापति तिलक प्रसाद अधिकारी, क्षेत्रीय प्रतिनिधि सूर्य मोहन आचार्य लगायतले बोल्नुभएको थियो ।
नेपाली काँग्रेस तल्लो पुडी टोल कार्य समितिका सभापति सम्मर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपल्लो पुडी टोल कार्य समितिका उपसभापति हरि बहादुर थापाले स्वागत र कोषाध्यक्ष कमल आचार्यले संचालन गर्नुभएको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS