images
images

इजाजत पत्र लिएर मात्रै स्वास्थ्य संस्था सञ्चालन गर्नु : मन्त्रालय

images

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थालाई इजाजत पत्र लिएर मात्रै सञ्चालन आग्रह गरेको छ । मन्त्रालयले एक परिपत्र जारी स्वास्थ्य संस्थाहरू इजाजत अनुमति नलिई / नवीकरण नगराई सञ्चालन भएका भन्ने गुनासो आएकोले सो लागू गर्न आग्रह गरेको हो ।

देशभरका सबै निजी /  सहकारी / गैरसरकारी / सामुदायिक अस्पताल एवं स्वास्थ्य संस्थाहरूलाई आग्रह गरिएको छ । परिपत्रमा भनिएको छ –‘प्रस्तुत विषयमा स्वास्थ्य संस्थाहरू इजाजत अनुमति नलिई र नवीकरण नगराई सञ्चालन भएका भन्ने गुनासो आएकोले जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ को उपनियम (१) मा कसैले पनि इजाजत पत्र नलिई निजी गैरसरकारी, सहकारी वा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न वा त्यस्तो स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउनु हुँदैन, भन्ने व्यवस्था रहेकोले इजाजत पत्र नवीकरण गराएर मात्र स्वास्थ्य संस्था सञ्चालन गर्नुहुन अन्यथा कानुन बमोजिम कारबाही हुने ब्यहोरा नेपाल सरकार (सचिवस्तर)  को मिति २०६१/ ०९/ २३ को निर्णयअनुसार अनुरोध छ ।’ रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS