images
images

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षको लागि दरखास्त आह्वान

images

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षको नियुक्तिको लागि दरखास्त आव्हान गरेको छ ।

बुधबार प्रकाशित सूचनामा युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सञ्चालन) नियमावली, २०७७ अनुसार गठित कोषको उपाध्यक्ष सिफारिस समितिले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्ष नियुक्तिको लागि योग्यता पुगेका व्यक्तिमध्येबाट तीन जना व्यक्तिको नाम युवा तथा खेलकुद मन्त्रालयमा सिफारिस गर्नुपर्ने बताइएको छ ।

नियमावलीको नियम ९ को उपनियम  (४) को खण्ड (ग) बमोजिमको योग्यता र अनुभव पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १० दिन भित्र (२०८१/१०/०४ गतेसम्म) सिफारिस समितिको सचिवालय नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबारमा कार्यालय समयभित्र दरखास्त पेस गर्न सूचनामा उल्लेख गरिएको छ ।

दरखास्तका साथ पेस गर्नुपर्ने कागजातहरू, दरखास्त फारमको नमुना, कार्ययोजनाको सम्भावित खाका, मूल्याङ्कनका आधारहरू र अन्य जानकारीको लागि युवा तथा खेलकुद मन्त्रालयको वेबसाइट www.moys.gov.np  मा हेर्न अनुरोध गरिएको छ । रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS