images
images

एमालेले हामीलाई धोका दियो, केपी ओली चरम अवसरवादी नेता हो : हरिबोल गजुरेल (भिडिओसहित)

images

काठमाडौं, २२ पुष । नेकपा  (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले एमालेले आफूहरुलाई धोका दिएको कारण अहिले प्रतिवाद गर्नुपरेको बताएका छन् ।

उनले भने,‘एमालेले हामीलाई धोका दिएकै हो । मरेपनि सँगै स्वर्ग जाने, बाँचेपनि सँगै बाँच्ने भन्नुभएको थियो । त्यो त धोका नै थियो । बरु, सिधै भनेको भए हुन्थ्यो, अब राम्रो सहकार्य जाँदैन भनेर । ओलीजीले त्यस्तो जुन व्यवहार गर्नुभयो, त्यसको अहिले हामीले प्रतिवाद गरेको हो ।’

आज (सोमबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चरम अवसरवादी नेताको संज्ञा दिए । उनले भने,‘अलि अलि अवसरवादी त हामी पनि भयौं, तर उहाँ चाहीँ चरम अवसरवादी भएर यो समस्या आयो ।’

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS