तनहुँ । नेपाल कम्युनिष्ट पार्टी तनहुँका नेताहरु आलु रोप्ने कार्यमा व्यस्त रहेका छन् । पार्टीले सञ्चालन गरेको सामूहिक कृषि तथा जनकम्युनको अवधारणाअनुसार तनहुँको बन्द्यिपुर गाउँपालिका वडा नं. ४ मा रहेको ४० रोपनी क्षेत्रफलमा आलु लगाइरहेका छन् । सो स्थानमा खेतमा केही क्षेत्रफलमा तोरी गहुँ समेत लगाउने तयारी भएको केन्द्रि सदस्य वि।क।ले बताए । सो स्थानमा नेकपाले धान समेत लगाएको थियो ।

जिल्लास्तरी नेताहरु, स्थानीय नेता, कार्यकर्ता र जनताका सहभागिता आलु लगाइएको नेकपाका केन्द्रिय सदस्य विनोद वि।क।‘निशानले’ बताए । नेकपाले देशका विभिन स्थानमा विभिन्न खेती गर्दै आएको छ ।

कपिलवस्तुमा मात्रै करिब ५ बिघामा आलु लगाउने तयारी गरेको छ भने चितवन, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा करिब ५० बिघामा आलु रोप्ने तयारी गरेको छ । गतहप्ता मात्र नेपाल कम्युनिस्ट पार्टीको टोलिले चितवनबाट बिउ आलु ल्याएको हो । पार्टीले संचालन गरेको जनकम्युनमा तनहुँका विभिन्न भागका कार्यकताहरु समेत आलु रोप्न आइपुगेका छन् । देशको आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउनका साथै आलु र धानमा आत्मनिर्भर बनाउन पार्टीको अभियानलाई सबैले साथ दिनुपर्ने बताए ।



















