images
images
images

शेखर पक्षले भेला नरोक्ने, ११३ जना पालिका सभापतिहरू उपस्थित हुने

images

विराटनगर । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला पक्षले विराटनगरमा आजदेखि गर्ने भनेको पालिका सभापतिहरूको वृहत् भेला नरोक्ने भएको छ ।

यसअघि सोमबार कांग्रेसको संस्थापन पक्षले कोशी प्रदेशका सबै जिल्ला सभापतिहरूलाई पत्राचार गर्दै औपचारिक रूपमा मङ्सिर २२ गतेदेखि आयोजना गरिएको भेला नै आधिकारिक हुने भन्दै घुमाउरो पारामा शेखर पक्षको भेला नरहेको जनाएको थियो । कोइराला पक्षका विराटनगर सभापति दीपक चापागाईँले भने, ‘यो भेला हामीले सोची विचारी राखेका हौँ । भेला रोक्नुपर्ने कुनै कारण छैन । केन्द्रले पत्रमार्फत भेला रोक्नु भनेको पनि छैन । केन्द्रीय समितिको कार्यक्रम नभएको विषय मात्रै पत्रमा उल्लेख छ । यो त पालिकाले गरेको हो ।’

उनले भेलामा सहभागी हुनका लागि १ सय १३ पालिकाका सभापतिहरूले नाम दर्ता गरिसकेको र केहीले नआउने भनेको जानकारी दिए । ‘हामीले गर्ने भनेको भेला निर्धारित समयमा हुन्छ । १ सय १३ पालिकाका सभापतिहरू आइसक्नु भएको छ,’ उनले भने । कोशी प्रदेशमा १३७ पालिका रहेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पठाएको पत्रको कुनै अर्थ नहुने पनि उनले बताए । ‘केन्द्रीय कार्यालयको एक कर्मचारीले हामी नेतालाई कन्ट्रोल गर्न खोजेर हुँदैन । उहाँको हैसियत कार्यालय सहयोगी जस्तो हो । पार्टीका महामन्त्रीहरूबाटै त्यस्तो पत्र आएको भए अर्कै कुरा हुनेथियो,’ चापागाईँले भने । पौडेलले भने कोशी प्रदेशका सबै जिल्लाका सभापतिहरूलाई पत्राचार गर्दै मङ्सिर २२ गते आधिकारिक प्रदेशको सम्मेलन हुने र अन्य कार्यक्रम नभएको जनाएको थियो ।

कांग्रेस प्रदेश समितिका सभापति संस्थापन पक्षमा रहेका कृष्णप्रसाद सिटौला निकट उद्धव थापा छन् । थापा नेतृत्वको प्रदेश समितिले मङ्सिर २२ गते पहिलो सम्मेलन गर्ने तय गरेको थियो । त्यसअगाडि शेखर पक्षले भने मङ्सिर आज र भोलीका लागि प्रदेश राजधानी विराटनगरमै सभापतिहरूको भेला राखेको भन्दै पत्रकार सम्मेलन गरेको थियो । कोइराला पक्षले भने मोरङका १७ वटै स्थानीय पालिका कमिटीको आयोजनामा भेला गर्न लागेको जनाएको छ ।

मङ्सिर २२ गते हुने प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवा प्रमुख अतिथि र अन्य पदाधिकारीहरू सहभागी हुने जनाइएको छ । कोइराला पक्षले गर्ने भनेको भेलामा भने डा। शेखर कोइराला प्रमुख अतिथि हुने जनाइएको छ । कोइराला पक्षले आज दिउँसो १ बजे विराटनगरको जैन भवनमा उद्घाटन गर्ने कार्यक्रम छ । उक्त भेलामा काठमाडौँ, पोखरा, वीरगन्ज, ललितपुर र भरतपुरका सभापतिहरुपनि सहभागी हुने कोइराला पक्षले जनाएको छ ।

मङ्सिर २२ को प्रदेश सम्मेलनमा भने प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरू, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पालिका सभापति, प्रतिनिधिसभा तथा प्रदेश अधिवेशन प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ । बन्दसत्रमा ६४८ जना प्रतिनिधिहरू सहभागी हुने र सोही सत्रले कांग्रेस कोशीको राजनीतिक, साङ्गठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै पारित गर्ने तयारी छ ।रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS