images
images

देशभरका रेडियो रातोपाटीमार्फत सुन्न सकिने

images

काठमाडौँ । डिस्कवरी न्युज नेटवर्कद्वारा प्रकाशित रातोपाटी डटकममार्फत देशभरका रेडियोहरू सुन्न सकिने भएको छ । ‘सबैको सबैभन्दा राम्रो’ नाराअनुरूप रातोपाटीले पाठकको सुविधालाई मध्यनजर गर्दै विभिन्न सेवाहरू थप गर्दै आएको छ ।

जसअनुसार पछिल्लो पटक देशभरका रेडियोहरूलाई रातोपाटीमार्फत सुन्न सकिने व्यवस्था मिलाइएको प्रबन्ध निर्देशक अर्जुन पन्तले जानकारी दिए । ‘हाम्रो उद्देश्य रातोपाटीलाई एक कम्प्लिट प्याकेज बनाउने हो । जसअनुसार हामीले यसमा काम गरिरहेका छौँ र सेवाहरू थप गरिरहेका छौँ’, उनले भने ।

आगामी दिनमा पनि पाठकको दैनिक जीवनसँग जोडिने विभिन्न फिचरहरू रातोपाटीले थप्दै जाने उनको भनाइ छ ।

अहिले रातोपाटीमार्फत २५० भन्दा बढी रेडियो सुन्न सकिने छ भने आगामी दिनमा स्थानीय रेडियोहरूसँग सहकार्य गर्दै सङ्ख्या थपिँदै जाने नेटवर्कले जनाएको छ ।

रातोपाटीमा रेडियो समावेश गर्नका लागि  [email protected] मा सम्पर्क गरेर आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ । रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS