
भरतपुर । चितवन राष्ट्रिय निकुञ्जभित्र कतिपय अवस्थामा जङ्गल सफारी, हाईकिंग र हात्ती सफारी गर्दा पनि नदेखिने लोपोन्मुख एकसिंगे गैँडा कहिले काहीँ सौराहा बजारमै हिँडडुल गरेको देख्न सकिन्छ ।
यसरी नजिकै गैँडा देख्न पाउँदा पर्यटकहरू पनि निकै खुसी देखिन्छ । गैँडा बस्तीमा पसेपछि कोही सेल्फी खिचेर रमाउँछन् त कोही भिडियो खिच्न व्यस्त हुन्छन् ।
यसरी बजार क्षेत्रमा आउने गैँडाले अहिलेसम्म मानिसलाई भने आक्रमण नगरेको स्थानीय बताउँछन् । यद्यपि गैँडालाई नजिक गएर जिस्क्याउन नहुने जानकारहरू बताउँछन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी । रातोपाटी