images
images

सामान्य सुत्केरी गराउँदा ७४ हजारको बिल

images

सिराहा । नेपाल सरकारले मातृशिशु मृत्यु दर घटाउन मातृ शिशु सुरक्षा कार्यक्रम लागू गरेको छ । यश कार्यक्रम अनुसार स्वास्थ्य केन्द्रमा प्रसूति हुन प्रोत्साहन गरिन्छ। दक्ष स्वास्थ्यकर्मीले सुत्केरी गराउँदा आमा र बच्चाको ज्यान जोखिममा पर्दैन। स्वास्थ्य चौकीमा सुत्केरी हुने महिलालाई सरकारले एक हजार प्रोत्साहन भत्ता समेत दिने गरेको छ ।

जिल्लाका कतिपय स्थानीय पालिकाहरूले एम्बुलेन्स सेवा पनि निःशुल्क उपलब्ध गराउने गरेका छन्। तर, स्थानीय स्वास्थ्य संस्थाले सञ्चालन गर्दै आएको प्रसुतिसेवा प्रभावकारी नहुँदा सेवाग्राही निजी अस्पतालमा जान बाध्य छन्।

यसैको फाइदा उठाउँदै गोलबजारसहित जिल्लाका निजी अस्पतालहरूले प्रसूति हुने महिलाहरूबाट मोटो रकम असुली गरिरहेका छन्। गोलबजारस्थित उतिमलाल मेमोरियल अस्पतालले सामान्य सुत्केरी गराए बापत ७४ हजार रुपैयाँ असुलेको छ।

गोलबजार नगरपालिका वडा नम्बर २ गुरुधामकी सीता महतो सुत्केरी हुन २५ गते शुक्रवार उतिमलाल मेमोरियल अस्पताल पुगेकी थिइन। अस्पताल पुगेको केही बेरमै उनी सामान्य रूपमा सुत्केरी भइन्। सामान्य सुत्केरी भएपनि अस्पतालले रक्त अलपता (एनेमियाँ) भएको र बच्चाको स्वास्थ्यमा समस्या भएको भन्दै चारदिन अस्पतालमा राखे । चारदिन पछि उनलाई एकैपटक ७४ हजारको विल थमायो ।

सुत्केरी सीताका मामाले भने, ‘चारदिन पछि न्वारन गर्न घर पठाइदिनु पर्‍यो भनेपछि अस्पतालले पुरा रकम नबुझाएसम्म जान नदिने भन्यो । मैले कति दिर्नुपर्छ भन्दा ७४ हजार तिर्नुपर्छ भनेपछि म आफै अचम्म परेँ, चिनजानेका आफन्तहरूसँग भनसुन गराएँ। तर, कुनै उपाय नलागेपछि १७ क्विन्टल धान बेचेर ५० हजार बुझाएँ र १० हजार पछि दिने सर्तमा आमा र बच्चालाई घर जान दिए।’

यता अस्पतालका सञ्चालक समेत रहेका डाक्टर सुशीला महतोले सुत्केरी गराएर आमा र बच्चालाई पाँच दिन सम्म राखेर उपचार गरेको बताए । उनले भने, ‘हामीले औषधी र उपचार खर्च लिएको हो । बिरामीसँग धेरै रकम लिएको जस्तो लाग्छ भने बसेर हेरौँ म त्यसको लागि पनि तयार छु ।’

सिराहाका निजी अस्पतालहरुले सामान्य बिरामीसँग पनि मनलाग्दी ढङ्गले रकम असुल्ने गरेको घटना पटक पटक सार्वजनिक हुने गरेको छ । तर, नियमनकारी निकायको मौनता भने शङ्कास्पद छ । रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS