images
images

कुँवर समाजको साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न

images

पोखरा । पोखरा महानगरपालिका वडा नं. ८, कुँवरटोलमा स्थापना भएको कुवँर समाज समितिको ११ औं बार्षिक साधारण सभा, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम घटस्थापनाको दिन सम्पन्न भयो ।

कार्यक्रम प्रमुख अतिथि पोखरा मनपा वडा नं.८ का अध्यक्ष रुद्रनाथ बरालले गरेका थिए भने वडा नं. ८ वडा सदस्य गोविन्द बराल, मनकामना निर्माण समितिका संचालक विनोद केसी, जाल्पादेवी बहुउद्धेश्यीय विकास समितिका अध्यक्ष विश्व विजुक्छे, पुर्व अध्यक्षहरु लाल बहादुर कुँवर र राम बहादुर खाँड, भवानी आमा समुहकी अध्यक्ष मधु कुँवर, युथ अफ कुँवर टोलका अध्यक्ष राजु कुँवर लगायतले वोलेका थिए ।

सो अवसरमा भवन निर्माणमा आर्थिक सहयोग गर्ने महानुभावहरुका साथै स्नातकोत्तर तह उत्तिर्ण सोनिका कुँवर, लक्ष्मी कुवँर स्नातक उत्र्तिण सल्ताज कुँवर, मञ्जु कुँवर, युनिशा कुँवर, समिक्षा कुँवर, कक्षा १२ उत्तिर्ण अनुष्का कुँवर, अमन कुँवर, सेजल कुँवर, २०८० सालको एसईइ उत्र्तिण विद्यार्थीहरु अविनाश कुँवर, सञ्चाली कुँवर, सविन कुँवर, सिम्रन कुँवर (ए), सिम्रन कुँवर (वि), आषीयन कुँवर, मनिका कुँवर र दिवश कुँवरलाई सम्मान गरिएको छ ।
सचिव लक्ष्मी कुँवरले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रोशन कुँवरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यस्तै समाजका आर्थिक स्थिति कमजोर भएका सदस्यका छोराछारीलाई शैक्षिक सामाग्री, स्कुल ड्रेस लगाएत सहयोग गरिएको थियो ।
समितिका अध्यक्ष कृष्ण कुँवर अध्यक्षतामा भएको कार्यक्रममा सहकोषाध्यक्ष चिजादेवी कुँवरले स्वागत र सचिव लक्ष्मी कुँवरले कार्यक्रम संचालन गरेकी थिइन ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS