images
images

दसैं सुरु भएसंगै तनहुँको झाँगाझोलीमा पर्यटकको चहल पहल बढ्यो

images

एस.बि.नेपाली दमौली २१ असोज । कुनै समयमा सिउसाँझै स्याल कराउँथे । एक्लै हिड्डुल गर्न मानिसहरु डराउँथे तर अहिले यस क्षेत्रको स्वरुप फेरिएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोली रिर्सोट संचालनमा ल्याएसंगै चहलपहल बढ्न थालेको छ ।

नेपालीहरुको महान पर्व बडा दशैं नजिकिएसंगै आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको संचालकहरु बताउँछन् ।
बिशेष गरी साँझको समयमा पर्यटकहरुको चहलपहलमा बृद्वि हुन थालेको झाँगाझोलीका सञ्चालक शङ्करप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार रातको समयमा देखिने आकर्षक किसिमको गौरादेवी नेचुरल पार्कको अवलोकनले पर्यटकलाई लठ्ठ बनाउने गरेको छ । एक पटक आएका पर्यटकलाई पुन आउँ आउँ बनाउने गरेको छ ।

पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटर दूरीमा झाँगाझोली रहेको छ । रिसोर्ट करिब १७ रोपनी क्षेत्रफलमा फैलिएको छ । यसमा तीन जना संचालकको लगानी रहेको छ ।
दसैंका कारण विद्यालय बिदा भएसंगै व्यवस्थित चिल्ड्रेन पार्ककमा रमाउन बालबालिकाहरुको पनि उत्तिकै घुँइचो लाग्ने गरेको छ,उहाँले भन्नुभयो “रातको दृश्यवलोकनका लागि मानिसहरुको आकर्षण बढ्ने गरेको छ ।”
झाँगाझोलीले ग्राहकको मागलाई मध्यनजर गर्दै तन्दुरी कर्नर समेत संचालनमा ल्याइसकेको जनाएको छ । साँझ १० बजेसम्म पर्यटकहरु यहाँको मनोरम दृश्यमा रम्ने गरेका छन् ।
बिशेष गरी जिल्लाको ऋषिङ,घिरिङ,भीमाद,म्याग्दे शुक्ला स्याङजा,पोखरा कोलाहल भएकाले शान्त वातावरणको लागि आउने गरेका छन् । अहिले दिनमा ३०० सम्म पर्यटकहरु घुम्न आउने गरेका छन् । पाहुनाका लागि पारिवारिक वातावरणको व्यवस्थामा सेवा प्रवाह गर्ने गरिएकाले यसको सकारात्मक प्रभाव ग्राहकवर्गमा परेकाले चहलपहलमा बृद्वि हुदै गएको छ ।
झाँगाझोलीले पर्यटनसंगै नमुना अर्गाानिक तरकारी खेती समेत सुरु गरेको छ । करिब ५ रोपनी क्षेत्रफलमा तरकारी खेती थालिएको अर्का संचालक उज्वल पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस क्षेत्रलाई घुम्न लायक स्थलको रुपमा विकास गर्न लागिएको हो । एकिकृत नमुना कृषितर्फ च्याउ र मौरी जडिबुटीको खेती थालिएको छ ।
बिहान उठेपछि हरियाली जंगलको मनमोहक दृश्य र खोलाको कलकल आवाजले पर्यटकहरु आनन्द लिने गरेका छन् । झाँगाझोलीमा एसीसहितको अत्याधुनिक व्यवस्थासहितका दश वटा कोठा रहेका छन् । धार्मिक पर्यटकीयस्थलको रुपमा परिचित तीन खोले मन्दिरमा जाने भक्तजन र पर्यटकहरु पनि यस झाँगाझोलीमा आउने गरेका छन् ।
नेपाल सरकारले पृथ्वीराजमार्गमा पर्ने खैरेनीटारदेखि झाँगाझोली चोकसम्म सडक कालोपत्रेका लागि सडक विभागले रु।एक करोड बजेट बिनियोजन पश्चात ठेक्का सम्झौता भइसकेको छ ।
त्यसैगरी भवन विभागले झाँगाझोलीबाट दरगाउँ सडक खण्डमा कालोपत्रे गर्नका लागि रु।५० लाख बजेट बिनियोजन गरेको छ । विकास निर्माण कार्यले तीब्र गति लिइरहेकाले यस क्षेत्रको भविष्य उज्वल देखिएको स्थानीयबासी बताउँछन् । जनचाहना न्यूज

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS