सिन्धु आधारभुत विद्यालयका बालबालिकाहरुलाई सोमबार विद्यालय पोशाक वितरण गरिएको छ । सो विद्यालयका ४५ जना विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो । नव जनविकास बचत तथा ऋण सहकारी संस्थाले ति बालबालिकाहरुलाई विद्यालय पोशाक उपलब्ध गराएको हो ।
संस्थाका अध्यक्ष अमरराज भण्डारीले विद्यालयका अध्यक्ष विमला कुमाल र प्रधानाध्यापक मदन वाग्लेलाई कपडा हस्तान्तरण गरेका थिए । २० हजार मुल्य बराबरको सर्ट, पाइन्ट र स्कटको कपडा हस्तान्तरण गरिएको हो ।
सोही अवसरमा संस्थाका पदाधिकारीहरुले बालबालिकाहरुलाई मिष्ठान भोजन समेत गराएका थिए । उक्त कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सदस्य एवंं अधिकारकर्मी मिनबहादुर चदारोले राज्यको ध्यान दिन पुग्न नसकेका ठाउँहरुमा विभिन्न संघ संस्थाहरुले यस्ता बालबालिकाहरुलाई सहयोग गर्नुपर्ने बताए । राज्य तहबाट यस्ता बालबालिकालाई विशेष ध्यान दिनुपर्छ, उनले भने ।
फरक क्षमता भएका बालबालिकाहरुलाई सहयोग गर्दै जाने लक्ष्य अनुसार यस विद्यालयका बालबालिकाहरुलाई पोशाक उपलब्ध गराएइएको हो, सहकारीका अध्यक्ष भण्डारीले भने । विद्यालय पोशाक पाउँदा विद्यार्थीहरु निकै उत्साहित भएका थिए ।
सोही अवसरमा व्यास दिव्य ज्योति बोर्डिङ स्कुलकी शिक्षिका जोस्ना गुरुङले उनकी आमा रिकिता गुरुङले उपलब्ध गराएको १ हजार ५ सय रुपैया र संस्थाले रु १ हजार रुपैया गरी २ हजार ५ सय रुपैया बालबालिकालाई खाजा खर्चको लागि उपलब्ध गराइएको थियो