images
images

गोरखाबाट काठमाडौँ जाँदा सम्पर्कबिहीन भएको बस झ्याप्लेखोलामा पुरिएको आशङ्का

images

पोखरा । गोरखाको लापुबेँसीबाट काठमाडौँ जाँदा सम्पर्कविहीन भएको बस धादिङको झ्याप्लेखोलामा पुरिएको आशङ्का गरिएको छ । लापुबेँसीबाट शुक्रबार बिहान छुटेको ना ४ ख२२७० नम्बरको बस हराएको हो ।

बसको केही भाग देखिएपछि एक्साभेटरको सहायताले खोतल्न सुरु गरिएको छ । यद्यपि बस नम्बर भने देखिएको छैन । पहिरो खोतल्ने क्रममा बसको छत भेटिएको बताइएको छ ।

बसमा रहेका यात्रुका आफन्तले खोजविन गरिदिन आग्रह गरेपछि बस हराएको पत्ता लागेको हो । बसका चालक र सहचालक समेत सम्पर्कमा नरहेपछि पहिरोमा परेको हुन सक्ने आशङ्का गरिएको छ ।

बसमा बसका धनी तथा चालक आरुघाट ४ धावाका मदन परियार र सहचालक फुजेलका नवराज तिवारी र धावाकै विनय भट्टराई तथा यात्रु धार्चेका सुक गुरुङ थिए । अरु भए नभएको पहिचान छैन । रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS