
तनहुँ
फोहरमैला व्यवस्थापनका लागि व्यास नगरपालिकाले सरकारी कार्यालयबाट कार्ड वितरण अगाडि बढाइएको छ। फोहरमैला व्यवस्थापन कार्ड पहिलो पटक जिल्ला प्रशासन कार्यालय तनहुँमा वितरण गरिएको हो । व्यास नगरपालिकाकी उप प्रमुख इन्दिरा दरैले फोहरमैला व्यवस्थापन कार्ड प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमलाई वितरण गरेकी हुन् । पहिलो चरणमा सरकारी कार्यालयमा कार्ड वितरण गर्न लागिएको हो । प्रत्येक महिनाको २ सय राजश्व लिएर सरकारी कार्यालयमा कार्ड वितरण गरिएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैह्रले बताए । दोश्रो चरणमा सबै सरकारी कार्यालयमा शुल्क सहितको वितरण हुने तेश्रो चरणमा ब्यक्तिगत आवासमा फोहरमैला व्यवस्थापन निर्देशिका बमोजिम शुल्ल निर्धारण गरेर काडृ वितरण गर्ने उनले बताए ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ९ को दफा ६२ ९२० ख मा भएको व्यवस्थासँगै नगरपालिका सो अभियान सुरु गरेको हो । व्यास नगरपालिकाले फोहरमैला व्यवस्थापन निर्देशिका अनुसार फोहरमैला व्यवस्थापनका लागि दमौली क्षेत्रका व्यवसायी, उद्यमी, आवासीय क्षेत्रका घरधुरीको लगत सङ्कलन गरी कार्ड वितरणको कार्य गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले लगत सङ्कलन र कार्ड वितरणका लागि जनशक्ति परिचालन गरिने छ। नगरपालिकाको आन्तरिक आय बढाउन र फोहरमैलालाई थप व्यवस्थित बनाउन यस कार्यलाई अगाडि बढाइएको व्यास नगरपालिकाका की उप प्रमुख इन्द्यिरा दरैले बताइन् । हाल दमौलीमा रहेका सरकारी कार्यालय, व्यासनपाका –१,२,३,४ नम्वर वडाका शहरी क्षेत्रमा नगरपालिकाले शुल्क लिएर फोहर उठाउँदै आएको छ। लगत सङ्कलन र कार्ड वितरणको कार्य पूरा भएपछि नगरपालिकाले बजार क्षेत्रका घ रधनी तथा कोठामा बस्नेहरुबाट समेत फोहर उठाएबापत शुःल्क लिने भएको छ। फोहरमैला सङ्कलन गरेबापत उठाउने राजस्वबाट नगरपालिकाले फोहरमैला व्यवस्थापनमा खटिएका कर्मचारीको तलबको व्यवस्था गर्ने र बाँकी रहेको रकम थप फोहरमैला व्यवस्थापनका क्षेत्रमा खर्च गर्ने भएको छ।
“नगरपालिकाले बजार क्षेत्रमा कुहिने र नकुहिने फोहर छुट्टा छुट्टै रूपमा उठाउन थालिएको छ । व्यास नगरपालिका प्रमुख प्रशसकीय अधिकृत गैह्रेले बजार क्षेत्रमा घरहरुमा राजश्व लिएर कार्ड वितरण कार्य हुने बताए । उनका अनुसार भान्सा, घरबाट निस्कने फोहर, घरबाहिरबाट निस्कने फोहर, विद्यालयबाट निस्कने फोहर, बजारबाट निस्कने फोहर, अस्पतालबाट निस्कने गरी नगरपालिकामा हाल दैनिक १२ मेट्रिकटन फोहर सङ्कलन हुने गरेको छ। सो अध्ये औसतमा १० मेट्रिकटन नकुहीने फाहोर र २ मेट्रिकटन कुहिने फोहोर संकलन हुने गर्दछ । “फोहरमैला व्यवस्थापनको कार्यले नगरपालिकाभित्रका बजारको सौन्दर्य बढ्छ”, नगरपालिकाका प्रमुख प्रशसकीय अधिकृत गैहैले भने ।