images
images
images

निर्माण स्वरोजगार समितिको

images

तनहुँ  । निर्माण स्वरोजगार समिति जिल्ला कार्य समिति तनहुँको चौथो बार्षिक साधारण सभा आइतबार दमौलीमा सम्पन्न भएको छ ।

साधारण सभाको व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानले उद्घाटन गरेका थिए ।

निर्माण स्वरोजगार समिति जिल्ला कार्य समिति तनहुँका अध्यक्ष सोम बहादुर आलेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा निर्माण ब्यवसायीका अध्यक्ष शिव बहादुर थापा, पोखरा श्रमिक स्वरोजगारका अध्यक्ष तिर्थराज मगर,बगाले निर्माण सेवाका अध्यक्ष मंगल प्रसाद श्रेष्ठ,जिफन्ट तनहुँका अध्यक्ष भिम बहादुर गुरुङ्ग, लगातयले साधारण सभा सफलताको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा उपाध्यक्ष सागर थापाले स्वागत गरेका थिए भने सचिव विजयी थापाले कार्यक्रम संचालन गरेका थिए । साधारण सभाको अवसरमा उत्कृष्ट काम गर्ने संस्थाका चार जना सदस्यहरुलाई सम्मान गरिएको थियो । सम्मानीत हुनेमा उमेश नेपाली, पदम थापा,श्रमण कुमार हेमजङ्ग,राम बहादुर विक रहेका छन् ।

उनीहरुलाई नगरप्रमुख न्यौपानले दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा स्वरोजगार निर्माण ब्यवसायीहरुको उत्साहपुर्ण सहभागिता रहेको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS