दमौली
जिल्लाको ऋषिङबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिपमा बिक्रीका लागि ल्याइएको चार सय लिटर घरेलु मदिरा जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार साँझ नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँको परिसरमा जिल्ला प्रशासन कार्यालय तनहुँ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँ तनहुँ उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ तनहुँका प्रतिनिधिको उपस्थितिमा सो मदिरा नष्ट गरिएको हो । ३० वटा ग्यालिनमा राखिएको चार सय लिटर मदिरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी प्रहरी कार्यालय तनहुँका प्रहरी निरिक्षक मोहन कुमार खड्काले बताए ।
उनका अनुसार घरेलु मदिरा ल्याउने सवारी धनी पदम रानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । आइतबार विहान जिल्लाको ऋषिङबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिप दुर्घटना भएपछि मदिरालाई दुर्घटनास्थल नजिकको जङ्गलमा लुकाई छिपाई राखेको अवस्थामा
प्रहरीले बरामद गरेको थियो । सो जिप जीप दुर्घटनामा परि सात जना यात्रु घाइते भएका थिए ।