images
images

चन्द्रागिरिमा शङ्कास्पद वस्तु फेला

images

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा शङ्कास्पद वस्तु फेला परेको छ। आज बिहान चन्द्रागिरि नगरपालिका १२ बलम्वु स्कुल नजिकै रहेको एक घरको आँगनमा शङ्कास्पद वस्तु फेला परेको हो ।

बिहान बलम्वु नजिकै  प्रेसर कुकर बम भेटिए खबर पाएपछि प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यको टोली घटना स्थल पुगेको छ । प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यले बिहान ८ बजे शङ्कास्पद वस्तु फेला परेको जानकारी पाएकाे बताए । उनले भने-‘झोलामा प्रेसर कुकर जस्तो देखिने बस्तु रहेछ हामीले सवै नागरिकहरूलाई सुरक्षित स्थानमा जान भनेका छौँ।’

नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमा पुगेर डिस्पोज गरेको छ । शङ्कास्पद वस्तुको विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक आचार्य बताए । शङ्कास्पद वस्तु फेला परेको स्थान नजिकै चन्द्रागिरि १२ को वडा कार्यालय नजिकै रहेको छ । रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS