images
images

तनहुँमा १२ सय ८१ डेंगु सङ्क्रमित

images

दमौली, २६ साउन ।
तनहुँमा तनहुँमा १२ सय ८१ डेंगु सङ्क्रमित भएका छन् । स्वास्थ्य कार्यालय तनहुँले जनाए अनुसार तनहुँमा डेंगु सङ्क्रमित संख्या बढ्दै गएको छ ।
तनहुँको सबैभन्दा बढी आँबुखैरेनी गाउँपालिकामा डेंगु सङ्क्रमित रहेका छन् आँबुखैरेनीमा ९ सय ४७ जना संक्रममित रहेका छन् । त्यस्तैगरी शुक्लागण्डकी नगरपालिकामा १ सय ४८ जना डेंगु सङ्क्रमित रहेका छन् । व्यास नगरपालिकामा ९८ जना डेंगु सङ्क्रमित रहेका छन् । त्यस्तै बन्दिपुर गाउँपालिकामा ७१ जना डेंगु सङ्क्रमित रहेका छन् म्याग्देमा ७जना संक्रमित रहेका छन् भने भिमाद नगरपालिका र भानु नगरपालिका मा ५÷५ जना डेंगु सङ्क्रमित रहेका छन् । अन्य पालिकामा भने डेंगु सङ्क्रमितको संख्या नरहेको स्वास्थय कार्यालयले जनाएको छ ।
देशभर डेंगु सङ्क्रमित संख्या बढ्दो रहेको छ । देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाएका छन् । यस वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको सङ्क्रमण थप बढ्न सक्ने अनुमान समेत गरिएको छ । देशभर ७७ मध्ये चार जिल्ला डेंगुबाट सुरक्षित छन् । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS