दमाैली
लायन्स कल्ब अफ तनहुँ दमौलीको आयोजनामा १ दिने मोटर साइकल तथा स्कुटर मर्मत र सवारी सुरक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ।
कार्यक्रमको सभापति कल्बका अध्यक्ष लायन रनिल रोकाले गरेका थिए भने प्रमुख अतिथिको रुपमा जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक सन्तोष पौडेल रहेका थिए । कल्बका सचिव सन्तोष जमरकट्टेलले संचालन गरेका थिए ।
प्रशिक्षकको रुपमा रुद्र खनालले प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा कल्बका सम्पूर्ण पदाधिकारी र सदस्य तथा बाहिरी गरि ५५ जनाले सहभागिता जनाएका थिए ।
कार्यक्रममा राकु श्रेष्ठ, डिस्ट्रिक्ट क्याबिनेटका वसन्त गिरि, विमला श्रेष्ठ, सरोज भण्डारी लगायत छिमेकी कल्बका अध्यक्ष इश्वर बिस्ट, पवित्रा खनाल र हर्ष मान श्रेष्ठको पनि उपस्थिति थियो।
कार्यक्रमको अन्तमा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख पाैडेलले सवारी दुर्घटना न्युनिकरण सम्बन्धी तालिम प्रदान गरेका थिए । कार्यक्रमको सम्योजन लायन प्रकाश घिमिरेले गरेका थिए ।
















