images
images

जिपि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा डेंगी वार्ड संचालनमा

images

तनहुँ
तनहुँमा अघिल्लो बर्ष महामारीको रुप लिएको डेंगी रोगको संक्रमण यो बर्ष पनि बढ्न थालेको छ । जिपि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा डेंगी रोगका विरामी बढेका छन् । साउन यता डेंगी संक्रमण बढेको जिपि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रका निर्देशक डा. रामकुमार श्रेष्ठले बताए । सो अवधिमा अस्पतालमा ३ सय ८५ जनामा डेंगीको परीक्षण भएको श्रेष्ठले बताए । परीक्षण भएका मध्ये ९६ जनामा डेंगी संक्रमण भएको पुष्टि भएको डा. श्रेष्ठले बताए । परीक्षणमा डेंगी पोजिटभ भएका मध्ये २४ विरामीहरुको अस्पतालमा भर्ना भई स्वास्थ्य लाभ गरेर घर फर्केका छन् । १ जनाको अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ । दमौली अस्पतालमा समेत डेंगीको परिक्षणका लागि आउनेको संख्या उलेख्य रहेको अस्पताल श्रोतले बतायो । साउन यता २२३ जना परीक्षणमा २५ जना डेंगी पुष्टि भएको अस्पतालका प्रमुख डा परिर्वतन बरालले बताए ।
डेंगी वार्ड संचालन
डेंगी संक्रमणका विरामी बढेसँगै जिपि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रले डेंगी वार्ड संचालनमा ल्याएको छ । अस्पतालमा १० शैष्याको वार्ड संचालनमा आएको अस्पतालका कार्यकारी निर्देशक डा. श्रेष्ठल बताए । डेंगी संक्रमण भएका विरामीहरुको उपचार प्रभावकारी ढंगबाट गर्नका लागि डेंगी वार्ड संचालनमा ल्याएको अस्पतालका लेखा अधिककृत बासुराज दाहलले बताए । डेंगी भएका विरामीका लागि १० शैष्या तयारी अवस्थामा राखिएको छ केन्द्रका लेखा अधिकृत दाहालले भने ।
एजनाको मृत्यू
डेंगी संक्रमणबाट एकजनाको मृत्यु भएको छ । तनहुँका संक्रमित पुरुषको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक डा. यदुचन्द्र घिमिरेल जानकारी दिए । यो अगस्टका पाँच दिनमा देशभर ११७ डेंगी संक्रमित थपिएका छन् । जनवरीयता डेंगी संक्रमित हुनेको संख्या दुई हजार ३६५ पुगेकोे छ । यो वर्ष डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ ।
वाग्मती प्रदेशमा सबैभन्दा धेरै ७४७ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै २८७ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS