images
images

माओवादी केन्द्रको पदाधिकारी बैठक सर्‍यो

images

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)  को पदाधिकारी बैठक आज दिउँसो १ बजे बस्ने गरी सरेको छ । यसअघि बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने गरी आह्वान गरिएको थियो ।

सङ्क्रमणकालीन न्याय (टीआरसी) को सहजीकरणका लागि बनाइएको संयन्त्रको बैठक आज बस्ने भएकोले माओवादी पदाधिकारी बैठक सरेको पार्टीका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

आजको बैठकमा पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ । साथै पार्टीका आन्तरिक गतिविधि, पार्टी सङ्गठन सुदृढीकरण, जनतासँग जाने विषयहरूमा र पार्टीको समग्र आगामी रणनीतिका बारेमा छलफल हुनेछ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS