
तनहुँ — शुक्लागण्डकी नगरपालिका–७ स्थित काउरेमा शनिबार दिउँसो घर माथिबाट आएको पहिरोमा परी ३ जना बेपत्ता भएका छन् । अबिरल वर्षाका कारण स्थानीय हिरा नेपाली र सुनमाया कुमालको घरमाथिबाट पहिरो आउँदै गर्दा छरछिमेक मिलेर घरभित्र रहेका सामान निकालने क्रममा पहिरोमा परेका प्रहरी उपरीक्षक अपिलराज बोहोराले बताए ।
स्थानीय ४० वर्षीया हिरा नेपाली, ३६ वर्षीया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता भएका बोहाराले बताए ।
यस्तै, ४० वर्षीया बिष्णु बहादुर नेपाली, २६ वर्षीय बिशाल तिमल्सिना, ३५ वर्षीय रबि घिमिरे र १८ वर्षीय रुपकुमार नेपाली घाइते भएका प्रहरीले जनाएको छ । पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।