images
images

दूधको भुक्तानी दिन माग गर्दै विरोध प्रदर्शन, ३४ जना बढी पक्राउ

images

काठमाडौँ । दूधको भुक्तानी दिन माग गर्दै दुग्ध किसानहरूले विरोध प्रदर्शन गरेका छन् । दूधको भुक्तानी तत्काल दिन माग गर्दै बुधवार उनीहरुले दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका हुन् ।

उनीहरुले दुग्ध उत्पादक कृषकहरूले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरूबाट लामो समयदेखि दूधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका हुन् । विरोध प्रदर्शनका क्रममा ३४ जना किसानहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

भुक्तानी लगायत विभिन्न माग सहित पटक पटक गरेको सम्झौता÷सहमति समेत कार्यान्वयन नभएको उनीहरूको आरोप छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS