images
images
images

रुपन्देहीको सैन मैनामा बस दुर्घटना, ४३ जना घाइते

images

बुटवल । रुपन्देहीको सैनामैनमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्। दाङबाट काठमाडौँका लागि छुटेको रा १ ख २७८३ नम्बरको बस रुपन्देहीको सैनामैना नगरपालिका–१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु१ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

दुर्घटनामा बस चालक र यात्रुसहित ४३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी मनोहर प्रसाद भट्टले रातोपाटीलाई बताए ।

बुटवलका विभिन्न अस्पतालमा सामान्य उपचारपछि १९ जना डिस्चार्ज भइसकेको र अन्य २४ जनाको उपचार जारी रहेको उनले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS