images
images
images

आँबुखैरेनीमा जेष्ठ नागरिक आरोग्य सेवा

images
आँबुखैरेनी
जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम आँबुखैरेनीमा संचालन भएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा भएको कार्यक्रममा आँबुखैरेनी गाउँपालिका वडा नंं १ मा गिराउनचँौरमा भएको थियो ।

कार्यक्रममा ८४ जना जेष्ठ नागरिकहरुको ,रक्तचाप, सुगर परिक्षण लगायतका दिर्घरोगहरुको उपचार र परामर्श भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले जनाएको छ । कार्यक्रम आँबुखैरेनी गाउँपालिका वडा नं। १का अध्यक्ष पे्रम गुरुङ्गको अयक्षतामा भएको थियो । कार्यक्रमको उद्घाटन गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गरेका थिए । बार्यक्रममा बोल्दै उनले ज्येष्ठ नागरिकसँगै अन्य दीर्घ रोगी, अशक्त र विपन्न परिवारका सदस्यलाई लक्षित गरेर सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी हुने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँका प्रमुख डा.नारायाण श्रेष्ठ, बरिष्ठ कविराज निरिक्षक शम्भु चापागाई ।वैद्य निरिक्षक सोमकान्त पौडेल लगायतलले जेष्ठ नागरिहरुलाई उपचार तथा परामशशर्् सेवा प्रदान गरेका थिए ।
कार्यक्रममा ‘विशेष गरी नसर्ने रोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने, औषधि नियमित गरेनगरेको अनुगमन गरिएको थियो । कार्यक्रममा जेष्ठ नागरिकहरुलाई ‘सरकारले सूचीकृत गरेका रोग प्रतिरोधात्मक औषधि निःशुल्क वितरण गरेको बरिष्ठ कविराज निरिक्षक शम्भु चापागाईले बताए ।

कार्यक्रमले समुदायस्तरमा स्वास्थ्य सचेतना र प्रवर्द्धनका कार्यक्रम पनि सँगसँगै सञ्चालन भएको बरिष्ठ कविराज निरिक्षक चापागाईलेबताए ।
उच्च रक्तचाप, मधुमेहलगायत नसर्ने रोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गरिने उनले बताए।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS