images
images
images

व्यासमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ,कृषिमा वितरणमुखी भन्दा प्रविधिमुखी हुन सुझाव

images

तनहुँ 
व्यास नगरपालिकाको आर्थिक बर्ष ०८०÷०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार भव्य रुपमा सम्पन्न भएको छ ।
व्यास नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ तनहुँ शाखाको समन्वयमा व्यास–७ कलेस्तिमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा २ सय जना भन्दा बढी सहभागि भएका थिए । कार्यक्रममा २५ जनाले जनगुनासा तथा प्रश्न राख्नुका साथै १५जना भन्दा बढीले लिखित रुपमा प्रश्न राखेका थिए ।


कार्यक्रममा व्यास नगरपालिकाका वडा नं १० का निवतमान् वडा अध्यक्ष तुलसीराम सापकोटाले व्यास नगरपालिकाले नदीजन्य पदार्थको उत्खनन् गरेर सार्वजनिक जमिनमा भण्डारण भएकाले राजश्व उठाउनु पर्ने बताए । उनले अस्थायी रुपमा व्यास–१० का भत्तेरीमा कुहीने फोहोर राख्ने ब्यवस्था एकाले ठाउँको ब्यवस्थापन गनुपर्ने बताए । उनले सार्वजनिक सुनुवाई कार्यक्रम राखेर नागरिकका मनभित्र गुम्सिएका गुनासा र प्रश्नका जिज्ञासा मेटाउने कार्य गरेको बताए ।
ेयसैगरी व्यास–१० का हिमलाल सुवेदीले व्यास नगर अस्पतालको निर्माणमा ढिलाईबारे चासो राखेका थिए । यसगरै व्यास–१० का श्रीराम कुंवरले छाडा कुकरहरुको नियन्त्रण गर्न माग राखेका थिए । यसैगरी व्यास–८ का धर्मराज बगालले व्यास नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि वितरणमुखी काम गरेको भन्दै प्रवधी मैत्री काम गर्न आग्रह गरे । व्यास–७ का पुर्ण बाँनीयाले ब्यास ६ र ८का ३ हजार रोपनी खेतीयोग्य खेतहरु रीस्ती खोलाले बर्षे बगरमा परिणत गरेको भन्दै तटबन्दन गर्न आग्रह गरेका थिए । तटबनधका लागि बजेटको माग समेत गरेका थिए ।


ब्रह्मदत्त वाग्लले पोलहरु जीर्ण भएकाले दुर्घटना बढ्ने माग गरेका थिए । व्यास–९ का पदम थापाले बाँदर नियन्त्रण गर्न माग राखेका थिए । भिम बहादुर बस्नेतले कवादी खोलामा पुल निर्माण भएपनि करिब २ सय मिटर सडक कच्चीरहेको भन्दै कालोपत्रे गर्न माग गरेका थिए । उद्योग धन्दा तथा उत्पादनमुलक काम गर्ने बबजेट विनियोजन गर्न आग्रह गरेका थिए
व्यासका बैकुण्ठ न्यौपानेले नागरिकहरुले राखेका जिज्ञासा तथा गुनासो सम्बोधन गर्ने प्रतिवद्वता ब्यक्त गरेका थिए । नागरिहरुले उठाएका प्रश्नहरुमा सम्बन्धित वडाका वडा अध्यक्ष तथ शाखा प्रमुखहरुले नागरिहरुलाई प्रष्ट पारेका थिए ।


कार्यक्रममा व्यासका प्रमुख बरिष्ठ अधिकृत कुमार कञचन जिसीले नगरपालिकाले गरेका विकास निर्माण तथा कार्यालयबाट सम्पादन गरिएका गतिविधीका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा व्यास नगरपालिका पुर्वाधार तथा योजना शाखा प्रमुख राजु पौडेलले योजनाहरुको अवस्थाका बारेमा प्रस्ुतत गरेका थिए ।

त्यसपछि व्यास नगरपालिका वडा नं. ६को प्रगतीको बारेमा ६ का अनिल मिश्र, वडा नं. ७ का सचिव दुर्गा पौडेल,८का गोविन्द पौडेल,९ का सन्तेष गोदार,१० का पुष्प खनालले वडाका प्रगती विरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नगर उपप्रमुख इन्दिरा दरैले स्वागत तथा नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेलले संचालन गरेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS