images
images
images

रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र कांग्रेस बैठकमा वितरण

images

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गर्दा तयार गरेको अभियोग पत्र वितरण भएको छ ।

सिंहदरबारमा जारी बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सांसदहरुलाई उक्त अभियोगपत्र वितरण गरेका हुन् । उक्त अभियोगपत्रमा रास्वपाका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेले २ करोड रुपैयाँ ऋण लिएको देखिएको छ । तर, लामिछानेले आफूले कुनै ऋण नलिएको भन्दै महान्यायाधिवक्ताको कार्यालयमार्फत क्लिन चिट समेत लिएको खुलासा भएको थियो । लामिछाने सहकारी ठगीमा मुछिएको भन्दै कांग्रेसले निरन्तर रुपमा उनीमाथि छानबिन हुनुपर्ने माग राख्दै आएको छ ।

कांग्रेसका एक सांसदले जारी बैठकमा लामिछाने सहकारी ठगीमा जोडिएको विषयको अभियोगपत्र अध्ययनका लागि सबैलाई वितरतण भएको जानकारी दिए ।

बैठकले लामिछानेको विषयमा अब कसरी प्रस्तुत हुने र आजदेखि सुरु हुने संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा ठोस धारणा तय गर्ने लेखकले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS