images
images

अध्यक्षमा बुद्धिमान श्रेष्ठ निर्वाचित

images

दमौली,

दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा बुद्धिमान श्रेष्ठ निर्वाचित भएका छन् । नयाँ नेतृत्वको लागि शनिबार भएको निर्वाचनमा श्रेष्ठ १०५ मत पाई बिजयी भएका हुन् ।निर्वाचनमा अध्यक्षपदका अन्य उम्मेदवारहरु माधवप्रसाद अधिकारीले ७४, राजकुमार श्रेष्ठले ३४ र टुकबहादुर हमालले २३ मत प्राप्त गरेका थिए ।
त्यसैगरि उपाध्यक्षमा विश्वेवर सुवेदी र सचिवमा योगिता कायस्थ श्रेष्ठ सर्वसम्मत निर्वाचित भए भने कोषाध्यक्षमा चिरौंकाजी बतास १३७ मत पाई बिजयी भए । महिला सदस्यहरुमा मेनका रिमाल कट्टेल,केश कुमारी राना र दिपा श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी खुल्ला सदस्यहरुमा सुर्यभक्त अधिकारी सुरेश अधिकारी,टिका गिरी,मिनराज न्यौपाने, हुमराज पन्थ निर्वाचित भएका छन् ।

कोषाध्यक्ष पदका उम्मेदवार दिर्घबहादुर थापाले ७९ मत पाएका थिए । समितिको सदस्यमा पनि निर्वाचन भएको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS