images
images

कैनी नेविसंघको केन्द्रीय सदस्यमा मनोनित

images

व्यास ११ पोल्यागंका

तनहुँ । व्यास नगरपालिका वडा नं. ११ पोल्यागंका प्रविन कैनी नेविसंघको केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा मनोनित भएका छन् । नेपाल विद्याथी संघ तनहुँ काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष समेत रहेका कैनी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति सदस्य मनोनित भएका हुन् ।
नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित कार्यसमितिको सदस्यमा प्रविण कैनी सहित थप ४१ जनालाई मनोनयन गरेका हुन् ।

विद्यार्थी राजनीतिमा लामो समयदेखि लागेका कैनी ुुसंघलाई विद्यार्थी तथा सर्वसाधारणका मुद्दाहरुमा अझ सक्रिय बनाउन र लोकतन्त्रको रक्षाको लागि आफ्नो मनोनयनले प्रेरणा मिलेकोुु बताएका छन् ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS