images
images
images

माओवादीले फिर्ता लियो गण्डकी सरकारलाई दिएको समर्थन

images

पोखरा । नेकपा माओवादीले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । संसदीय दलको बैठक बसेर समर्थन फिर्ता लिने निर्णय गरेको नेता हरिबहादुर चुमानले बताए ।
‘आजकै निर्णय अनुसार सुरेन्द्रराज पाण्डेलाई दिइएको समर्थन फिर्ता लिइएको छ,’ उनले भने । यसअघि नै मुख्यमन्त्री पाण्डेले माओवादीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई बर्खास्त गरिदिएका थिए । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडा र भौतिक पूर्वाधार विकासमन्त्री रेशम जुग्जालीलाई बर्खास्त गरेका हुन् ।
चुमानले समर्थन फिर्ता लिएसँगै सरकार गठनको कसरतमा लागेको बताए । ‘नयाँ गठबन्धनको सरकार बनाउन छलफल चलिरहेको छ । राप्रपाको सन्दर्भमा नीतिगत रुपमा फरक निर्णय भएपनि प्रदेशमा सहज बनाउने कुरा भएको छ,’ उनले भने, ‘सकारात्मक निर्णय गर्न राप्रपा तयार छ । केन्द्रको फेरबदलले यस्तो अवस्था आएको हो । गण्डकीमा माओवादीका ८ सांसद छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS