images
images
images

डुम्रेमा आँखा शिविर सम्पन्न

images
डिपि अधिकारी 
   तनहुँकाे बन्दिपुर १ डुम्रेमा आँखा शिविर सम्पन्न भएकाे छ ।  डुम्रे साँस्कृतिक युवा परिवारकाे आयाेजना र हिमालय आँखा अस्पताल घारीपाटन पाेखराकाे प्राबिधिक सहयाेग आँखा शिबारकाे आयाेजना गरिएकाे हाे ।
   शिबिरकाे एक कार्यक्रमका बीच बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले उद्घाटन गरे । उक्त अवशरमा अध्यक्ष थापाले नागरिकको स्वस्थ्य प्रति स्थानीय सरकार सदैब सचेत रहेकाे भन्दै स्वास्थ्यमा सर्वसाधारणको सहज पहुँच हुनु पर्नेमा जाेड दिँदै साे कार्यका लागि गाउँ पालिका सहयाेग गर्न तत्पर रहेकाे बताए ।
साँस्कृतिक युवा परिवारका पूर्व अध्यक्ष राजेन्द्र पियाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठ , वडा नं ४ का वडा अध्यक्ष दानबहादुर थापा, शिबिर ब्यवस्थापन समितिका संयाेजक शम्भु श्रेष्ठ, सह-संयाेजक ध्रुबकुमार श्रेष्ठ लगाएतले कार्यक्रमकाे सफलताकाे शुभकामना ब्यक्त गर्नु भएकाे पूर्व अध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिए ।
   शनिबार भएकाे शिबिरमा हिमालय आँखा अस्पतालका नेत्रराेग विशेषज्ञ डाक्टर गाेबिन्द ढकाल र पल्लबी सुल्पे लगाएतकाे टालीले करिब ४ सय ५० जनाले आँखाकाे जाँच गराएका संस्थाका सदस्य तथा ध्रुवतारा युवा क्लव बन्दिपुर १ नाहालाका अध्यक्ष शुसिल न्याैपानेलेे जानकारी दिए ।
  आँखा शिविर सँचालनका लागि डुम्रे आसपास रहेका विभिन्न संघ संस्था र ब्यक्तिहरुले आर्थिक सहयाेग गरेका छन् । डुम्रे स्थित डुम्रे टाेल बिकास संस्था ,  हरिहर आमा समूह, जेसिआई भानु बन्दिपुर, छपेली साँस्कृतिक युवा परिवार, ध्रुवतारा युवा क्लब , मनास्लु बाेर्डिङ स्कुल, डुम्रे सार्वजनिक शाैचालय संचालन समिति, लक्षमी हस्पिटल प्रालि, डुम्रे बर्गर हाउस् , न्यु जयलक्ष्मी सुनचाँदी पसल र हाेटल तुल्सी इन लगाएतले आर्थिक सहयाेग गरेका संस्थाका पूर्व अध्यक्ष राजेन्द्र पियाले जानकारी दिए ।
  बन्दिपुर ४ काे डुम्रे बजारमा रहेकाे डुम्रे साँस्कृतिक युवा परिवारले समय-समयमा सामाजिक सेवाका कार्यहरु सम्पादन गर्दै आईरहेकाे सँस्थाका दिनेश प्रधानले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS